सिमरामा बैदवारलाई बिदाई, शाहीलाई स्वागत
ए वान डेस्क /
बाराको सिमरामा प्रहरी उपरीक्षक राजकुमार बैदवारलाई बिदाई गरिएको छ । ईलाका प्रहरी कार्यालय सिमरामा आयोजित भेटघाट कार्यक्रमकाबिच प्रहरी उपरीक्षक बैदवारलाई बिदाई गरिएको हो ।
बिदाई कार्यक्रममा होटल व्यवसायी संघ बाराका अध्यक्ष समेत रहेका जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष मोहनशर्मा लामिछाने, ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक भुवन भट्ट, वडा नम्बर २ की वडा सदस्य शोभा कार्की, बरिष्ठ पत्रकार रेशम तिवारी लगायतको उपस्थिति रहेको थियो । भेटघाट कार्यक्रममा उपस्थित सबैले प्रहरी उपरीक्षक बैदवारलाई मायाको चिनो प्रदान गर्दे बिदाई गरेका हुन् ।
यता, प्रहरी नायव निरीक्षकको जिम्मेवारी सम्हाल्न सिमरा आउनुभएका कमल शाहीलाई स्वागत गरिएको छ । बैदवारको महानगरीय शिक्षालय काठमाण्डौमा सरुवा भएको छ भने बैदवारको ठाउमा मिरा चौधरी बारा आउनुभएको छ ।















