सुपारी तस्करीको ‘सेटिङ’

ए वान डेस्क
३१ बैशाख २०७५, सोमबार ०९:१८

२०५० सालभन्दा अघिदेखि नै नेपालमा सुपारीको कारोबार सुरु भएको थियो । खासगरी सीमावर्ती सहरहरूमा यो व्यापार बढी केन्द्रित बन्यो । विगतमा सुपारीको कारोबार खुलेआम थियो । भारतीय व्यापारीहरू खरिदका लागि आउँथे । भन्सार नाकाबाटै खुलेआम मेची तार्थे । सुपारी खरिद बिक्रीका लागि भारतीय व्यापारीहरूको ‘मेला’ नै लाग्थ्यो ।

सुपारीको व्यापार हुने काँकडभिट्टाको एउटा क्षेत्रको नाम अहिले पनि ‘सुपारी लाइन’ छ । नेपालले त्यो बेलादेखि नै इन्डोनेसिया, थाइल्यान्ड, मलेसिया र सिंगापुर आदि मुलुकबाट सुपारी पैठारी गर्दै आएको थयो । ‘मैले थाहा पाएदेखि सुपारीको व्यापार भइरहेकै छ,’ एक स्थानीय भन्छन्, ‘पहिला खुलेआम बिक्री हुन्थ्यो, अहिले लुकीचोरी ।’

लामो समयदेखि प्रहरी प्रशासनको बिना कुनै अवरोध कारोबार भइरहेको थियो सुपारी । तर, बाबुराम भट्टराईको प्रधानमन्त्रीत्वकालबाट सरकार सुपारी व्यापारप्रति अनुदार बनेको हो । २०६८ माघ २१ देखि सुपारी व्यापारीको दुर्दिन सुरु भयो । त्यो रात सुपारी पूर्वक्षेत्रीय प्रहरी कार्यालयका तत्कालीन नायब महानिरीक्षक (डीआईजी) सुरेन्द्रबहादुर शाहको निर्देशनमा तस्करी गर्न लागिएको साढे ९ हजार किलो सुपारी नेपाल–भारत सीमाको मेची नदीमा (दसगजा) मा समाएको थियो । ‘त्यसपछि मात्रै धेरैले सुपारी कारोबार अवैध रहेछ भन्ने चाल पाए,’ स्थानीय डिल्लीराम अघिकारीले भने, ‘नत्र यो धन्दालाई सबैले वैधानिक नै ठानेका थियौं ।’ सुपारी तस्करी नियन्त्रणलाई लक्षित गर्दै इलाका प्रहरी कार्यालयको नेतृत्व पहिलोपल्ट नायब उपरीक्षक (डीएसपी) लाई दिइएको थियो ।, यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*