डुमरवानाका जिवन जसले दैनिक १०० लिटर दुध उत्पदान गर्छन् ……
प्रदिप गौतम /
बारा डुमरवानाका जिवन भट्राई अहिले ५० बर्षको हुनुभयो । २०४८ सालमा उहाले नेपाल छाड्नुभयो । स्वदेशमा केही गर्न नसकेपछि नेपाल छाड्नुभएका भट्राई १५ बर्ष बिदेश बस्नुभयो । १५ बर्ष बिदेश बस्दापनि राम्रो आम्दानी हुन नसकेपछि उहा २०६१ सालमा स्वदेश फिर्ता हुनुभयो ।
स्वदेश फिर्ता भएको केही महिनामै उहाले गाईपालन शुरु गर्नुभयो । परम्परागत रुपमा गाई पाल्न शुरु गर्नुभएका भट्राईको सोच बिस्तारै परिवर्तन हुदै गयो । घर परिवारको साथ र सहयोग पाएका भट्राई परम्परागत गाईपालन व्यवसायलाई व्यवसायीक बनाउने सोचमा हुनुहुन्थ्यो । तर प्रयाप्त जानकारी नहुदा उहा केहीबर्ष अलमलमा पर्नुभयो ।
२०६५ सालदेखि भने उहाले व्यवसायीक रुपमा गाईपालन व्यवसाय शुरु गर्नुभयो । शुरुमा २–३ वटा गाईपालन व्यवसायबाट व्यवसायीक यात्रा शुरु गर्नुभएका भट्राईले अहिले साना–ठुला गरी २२ वटा गाईपाल्नु भएको छ । व्यवसायीक गाईपालन गर्दे जादा उहाले पशु कार्यालयबाट २ पटक अनुदान पाउनुभयो । एक पटक ८० हजार र एक पटक २ लाख पशु कार्यालयबाट आफुले अनुदान पाएको उहाले बताउनुभयो ।
सफल व्यवसायीक किशानको रुपमा २०७४ साल जेठ २४ गते राष्ट्रपती सम्मानबाट नगदसहित भट्राई पुरस्कृत हुनुभएको थियो । ‘बारा जिल्लाबाट म सफल किशानको रुपमा राष्ट्रपती ज्युबाट सम्मानित हुन पाउदा निकै खुशि छु, यसले मलाई थप हौषला प्रदान गरेको छ’ उहाले भन्नुभयो । डुमरवाना दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडबाट आवश्यक सल्लाह र सुझाव पाएको बताउने भट्राई अहिले दैनिक रुपमा १०० लिटर दुध उत्पादन गर्न आफु सफल भएको बताउनुहुन्छ ।
उहाले संस्थालाई ९० र बाहिर १० लिटर दुध विक्रि वितरण गर्ने काम अहिले भईरहेको उहाले बताउनुभयो । ‘अहिले व्यवसायीक गाईपालन गर्देगर्दा ६० प्रतिशत खर्च र ४० प्रतिशत नाफा भईरहेको छ’ ए वान समाचाारसंग उहाले भन्नुभयो ।
योजनाबद्ध तरीकाले सम्बन्धीत निकाय र संघ–संस्थाले किशानहरुको हितमा आवश्यक पहल चाल्नुपर्नेभन्दै उहाले व्यवसायीक किशानलाई सरकारले पनि हौषला प्रदान गर्नुपर्ने बताउनुभयो । ‘राम्रो काम गर्नुपर्छ, दिगो काम गर्नुपर्छ, अझ बिशेषगरी त व्यवसायीक रुपमा कुनैपनि काम गर्न सकियो भने हामी सफल हुन सक्छौ’ उहाले भन्नुभयो ।















