‘पिक्निक पार्क’को खोजिमा हुनुहुन्छ ? नजिकैको बन समुह तपाईलाई हुनसक्छ उपयुक्त !
प्रदिप गौतम /
बाराको जीतपुरसिमरामा उप–महानगरपालिकामा रहेको दुई वटा बन समुह पिक्निक पार्कको रुपमा विकास हुदै गएको छ । वडा नम्बर २ मा पर्ने राधाकृष्ण मध्यवर्ती सामुदायीक बन उपभोक्ता समुह र ३ मा पर्ने मुसहर्नीमाई मध्यवर्ती सामुदायीक बन उपभोक्ता समुह पिक्निक पार्कको रुपमा विकास हुदै गएको हो ।
यी दुई वटै समुह पर्सा राष्ट्रिय निकुञ्ज अन्र्तगतको जनहित उपभोक्ता समितिभित्र पर्दछन् । पर्सा राष्ट्रिय निकुञ्जको निति र ऐन अनुरुप जनहित उपभोक्ता समितिको सहकार्यमा दुईवटै बन समुहमा पिक्निक पार्क बनाईएको हो । दुईवटै पिक्निक पार्कमा अहिले आन्तरीक पर्यटकहरु साझपख पुग्ने गरेका छन् ।
आन्तरीक तथा बाह्य पर्यटकका लागीसमेत उपयुक्त मानिएको दुईवटै पिक्निक पार्कलाई अझै व्यवस्थित गर्ने तयारी भईरहेको जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठले जानकारी दिनुभयो ।
राधाकृष्णको पिक्निक पार्क
राधाकृष्ण मध्यवर्ती सामुदायीक बन उपभोक्ता समुहभित्र व्यवस्थित पिक्निक पार्क बनाईएको छ । त्यहा साना–ठुला गरी ५ वटा कटेज बनाईएको छ ।
सो समुहको जंगलभित्र बाघ, भालु, हात्ति लागयत अन्य जिवजन्तुहरु देख्न सकिने मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका कार्यालय सहायक तथा पर्यटन अभियान्ता राम प्रसाद अधिकारीले जानकारी दिनुभयो । ‘यहा पिक्निक खान मात्र हैन्, जंगली जनावर हेर्नपनि मानिसहरु आउने गरेका छन्’ उहाले भन्नुभयो । तर प्रयाप्त पानि नहुदा भने समस्या भईरहेको समुहका अध्यक्ष चोलाबहादुर पण्डितले जानकारी दिनुभयो ।
‘यहा सबै कुरा ठिकठाक नै छ, तर पानिको समस्या छ’ उहाले भन्नुभयो । सो समुहको पक्निक पार्कलाई तारबार लगाएर घेरिएको छ । समुहका अध्यक्ष पण्डितले बन समुह परिषरमा रमणिय दृश्य हेर्न मचान बनाउने तयारी भईरहेको बताउनुभयो । ‘जनहितसहित बिभिन्न संघ–संस्थाको सहयोगमा हामीले मचान, पानि पोखरी, सभाहल, बनाउने तयारी गरेका छौ’ पण्डितले भन्नुभयो ।

मुसहर्नीमाई पिक्निक पार्क
मुसहर्नीमाई मध्यवर्ती सामुदायीक बन उपभोक्ता समुहको पिक्निक पार्कपनि राधाकृष्णको जस्तै व्यवस्थित र सुन्दर छ । त्यहा जाने बित्तिकै सबैभन्दा पहिलो बषौ पुरानो पानिको मुहान देख्न सकिन्छ । सो मुहान ५० बर्षभन्दा पुरानो रहेको बुढापाकाहरुले बताएका छन् ।
त्यहापनि राधाकृष्ण जस्तै साना ठुला गरी ३–४ वटा कटेज बनाईएको छ । रमणिय दृश्य हेर्न अहिलेपनि त्यहा साझपख युवा युवतीहरुको जमघट हुने गरेको छ ।

जनहित उपभोक्ता समिति अन्र्तगतको दुई वटा सो समुह आन्तरीक तथा बाह्य पर्यटका लागी उपयुक्त रहेको पर्यटन अभियान्ता राम प्रसाद अधिकारीले बताउनुभयो । जनहित उपभोक्ता समिति अन्र्तगत ४ वटा बन समुह रहेका छन् ।
राधाकृष्ण र मुसहर्नीमाई बाहेकपनि भिमेश्वर र जनजागरण समुदायीक बन समुहलाई पनि व्यवस्थित गर्ने तयारी भईरहेको जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठले जानकारी दिनुभयो । ‘बन संरक्षण बाहेक हामीले अतिरिक्त क्रियाकलापलाई पनि जोड दिएका छौ, हामी सबै समुहलाई नुमना बनाउने प्रयासमा छौ’ अध्यक्ष श्रेष्ठले भन्नुभयो ।
त्यसको लागी समिति एक्लैको प्रयासले सम्भव नभएकोभन्दै उहाले सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।















