कोल्हवी प्रहरीद्धारा अबैद्य घरेलु मदिरा नष्ट
नविन चौधरी /
ईलाका प्रहरी कार्यालय कोल्हवीले आज अबैद्य घरेलु मदिरा नष्ट गरेको छ । प्रहरी प्रमुख रामप्रसाद साह नेतृत्वको टोलिले बिभिन्न समयमा बरामद गरेको मदिरा आज नष्ट गरिएको हो ।
प्रहरीले कोल्हवी नगरपालिका आसपासका क्षेत्रमा रहेको मदिरा भट्टि र मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थसमेत आज नष्ट गरेको छ । बारागढि गाउपालिका वडा नंम्बर ५ बस्ने रोयन माझीको घरबाट एक हजार लिटर कच्चा पदार्थ नष्ट गरिएको छ भने ४० लिटर घरेलु मदिरा नियन्त्रणमा लिइएको छ ।
सोही स्थानबाट दुई सय लिटरको ड्रम तिन थान र तामाको मेसिन एक थान बरामद गरिएको प्रहरीले जनाएको छ । यस्तै कोल्हबी नगरपालिका वडा नम्बर ९ का राजदेव राय यादवको भट्टिबाट ८ सय लिटर कच्चा पदार्थ र २० लिटर अबैद्य घरेलु मदिरा नष्ट गरिएको साहले जानकारी दिनुभयो ।
यस्तै कोल्हबी नगरपालिका वडा नम्बर २,३,४ र ६ बाटपनि बरामद गरिएको २ हजार लिटर कच्चा पदार्थ, र ६० लिटर मदिरा नष्ट गरिएको छ ।















