बारामा ६ जना ‘इन्सपेक्टर’को एकैपटक सरुवा, को कहाँ पुगे ?
प्रदिप गौतम /
नेपाल प्रहरीका ४ सय जना प्रहरी निरीक्षकको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले शुक्रबार एकैपटक ४ सय जना इन्स्पेक्टरको सरूवा गरेको हो । जस अनुसार बाराका ६ जना प्रहरी निरीक्षक (ईन्सपेक्टर) को एकैपटक सरुवा भएको छ । यसरी सरुवा हुनेमा जिल्ला प्रहरीदेखि ट्राफिक प्रहरीसम्मका ईन्सपेक्टर छन् ।
प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी प्रमुख दिपककुमार रायको सरुवा भएको छ । उहाको जिल्ला प्रहरी कार्यालय काभ्रे सरुवा भएको हो । अब उहाको ठाउमा रविराज थपलिया आउनुहुनेछ ।
यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका दिपक कुमार साहको सरुवा भएको छ । उहाको धनुषा सरुवा भएको छ । उहाको ठाउमा हरिनन्दन चौधरी आउने बुझिएको छ ।
यस्तै जिल्ला प्रहरी कार्यालय बाराका बिरेन्द्र विर विश्वकर्माको सरुवा भएको छ । उहाको ईलाका प्रहरी कार्यालय भगवानपुर बाके सरुवा भएको छ । उहाको ठाउमा कमलबहादुर रजौरे आउने बताईएको छ ।
यस्तै ईलाका प्रहरी कार्यालय कोल्हवीका राजु खत्रीको सरुवा भएको छ । खत्रीको प्रहरी प्रधान कार्यालय सरुवा भएको हो । उहाको ठाउमा कुमार बिक्रम थापा आउनुहुनेछ ।
यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका रिपेन्द्र कुमारको सरुवा भएको छ । उहाको ईलाका प्रहरी कार्यालय कटारी उदयपुर सरुवा भएको हो । उहाको ठाउमा मानप्रसार श्रेष्ठ आउनुहुनेछ ।
यस्तै ईलाका प्रहरी कार्यालय सिम्रौनगढका लालसर्ब श्री बहादुर सिंहको सरुवा भएको छ । उहाको प्रहरी प्रधान कार्यालय सरुवा भएको हो । उहाको ठाउमा दिर्घबहादुर बोगटी आउने बुझिएको छ ।















