महिलाहरु उद्यमी बन्न आवश्यक छ : सिता गुरुङ्ग

ए वान डेस्क
२९ असार २०७५, शुक्रबार १३:३१

ए वान डेस्क /

प्रदेशसभा सदस्य सिता गुरुङ्गले सरकारले महिलालाई अत्मनिर्भर बनाउन आवश्य रहेको बताउनुभएको छ । जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर १ मा आयोजित निःशुल्क आखा शिविरको उद्घाटन गर्दे गुरुङ्गले यस्तो बताउनुभएको हो ।

‘महिलालाई हेर्ने दृष्टिकोणमा अझै परिवर्तन आउन सकेको छैन्, अब तपाईहरु अघि बढ्नुपर्छ’ उहाले भन्नुभयो । उहाले महिलाहरु उद्यमी बन्न आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै वडा नम्बर १ का वडा अध्यक्ष हिराबहादुर गुरुङ्गले आगामी दिनमा समुहलाई सक्ने सहयोग वडाले गर्ने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा कार्यपालिका सदस्यहरु सुभद्रा न्यौपाने, रामदास धौजु लगायतको उपस्थिति रहेको थियो ।

समुहकी अध्यक्ष बिन्दा नेपालीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमको सञ्चालन सुकु लामाले गर्नुभएको थियो । शिविर चेली नमुना महिला समुह दशधुरेले आयोजना गरेको हो । शिविरमा अहिलेसम्म ५० जनाले आखा परिक्षण गराईसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*