अदभुत बालक जो नहेरीकनै अक्षर पढ्छन्, रङ पत्ता लगाउँछन् |

ए वान डेस्क
३ श्रावण २०७५, बिहीबार ०८:१७

कपिलबस्तुका अविरल पोखरेल यति बेला मिडियामा निकै चर्चित भएका बालक हुन् । बुधबारको सिधा कुरा जनतासंग भागमा रवि लामिछानेसंग अन्तर्वाता दिएका अविरल पोखरेल आफूसंग भएको अदभूत कला र क्षमताका कारण उनी चर्चामा आएका हुन् ।

कपिलबस्तुको होराइजन बोर्डिङस्कूलमा अध्ययन गरिरहेका बालक अविरल आँखा नहरेरै रंग चिन्न सक्ने , लोकप्रिय व्यक्तिहरुको फोटो छामेर नै चिन्न सक्ने, पढ्न सक्ने , सुँघेर नै वस्तु चिन्ने जस्ता असाधारण क्षमता भएकै कारण उनको चर्चा देश विदेशमा चुलिएको छ । अविरलले आँखा छोपेर कपिमा लेखेका कुराहरु छामेकै भरमा पढ्न सक्छन् ।

त्यस्तै उनले आँखामा पट्टि बाँधेर नै कसैको फोटो देखाएमा छामेर, सुँगेर ति ब्यक्तिले लगाएको लुगाको रंग र व्यक्तिको नाम भनिदिने अदभूत कलाले धेरैलाई अचम्मित तुल्याएको छ । अविरल संगै काठमाण्डौ आएका उनका पिता कमलप्रसाद पोखरेल आफ्नो छोराको क्षमतालाई धेरैले शंका गरेको भन्दै दुख मनाउ गर्छन् ।

धेरैले अविरलले छल गरेर जादू गरेको भन्ने आरोप लागेको भन्दै पिता कमलले आफ्नो छोराको सेन्स नै निकै संवेदनशिल भएको र उनको मिहेनतले यस्तो क्षमता आएको बताउछन् । हेर्नुहोस् अविरलको कला : भिडियो सिने चौतारी नेपालबाट

https://www.youtube.com/watch?v=Nb8B3qYJbD8

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*