सिमराको हुलास स्टिलमा आगलागी, स्थानीय त्रसित
ए वान डेस्क /
बाराको सिमरामा रहेको हुलास स्टिलमा आगलागी भएको छ । ईलाका प्रहरी कार्यालय सिमराले दिएको जानकारी अनुसार बिजुली सर्ट भएर हुलास स्टिलमा आगलागी भएको हो ।
आगलागी भयो भन्ने खबर पाउने बित्तिकै हाम्रो टिम त्यसतर्फ जादैछ, हुलासको कुनै एउटा मेसिनमा आगलागी भएको भन्ने खबर प्राप्त भएको छ प्रहरी नीरिक्षक सुबास हमालले ए वान समाचारसंग भन्नुभयो । हमालका अनुसार आगो नियन्त्रणमा लिने प्रयास भईरहेको छ ।
आगलागीका कारण आसपासका स्थानीय त्रसित भएका छन् । थप वितरण आउन बाकी ।















