बारामा यसरी मनाईदैछ बकरइद
ए वान डेस्क /
मुस्लिम धर्मावलम्बीहरुको महान पर्व इद—उल—अजहा (बकरइद) बारामा धुमधामका साथ मनाईदैछ । बकरइदको अवसरमा बाराका मुस्लिम धर्मावलम्बीहरुले इदगाहमा नमाज पाठ गरेका छन् ।
बकरइद पर्व इस्लाम धर्मावलम्बीहरुको इदपछिको दोस्रो ठूलो पर्व हो । इदगाहमा नया पहिरनमा उपस्थित इस्लाम धर्मावलम्बीहरुले बकरइद पर्वलाई आपसी भाइचारा, धार्मिक सहिष्णुता र एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले मनाईरहेका छन् ।
नमाज पाठपछि इदगाहमा उपस्थित सबैले आपसमा अङ्कमाल गरी बकरइदको शुभकामना आदानप्रदान गरेका थिए ।















