जीतपुरसिमरा उप–महानगरपालिकामा २३ प्रकारका सिफारिश निशुल्क
ए वान डेस्क /
बाराको जीतपुसिमरा उप–महानगरपालिकाले भने २३ प्रकारका सिफारिश निशुल्क गर्ने घोषणा गरेको छ । स्थानीय तहले मनलाग्दी रुपमा कर लगाएकोभन्दै ब्यापक गुनासो बढिरहेका बेला जीतपुरसिमरा उप–महानगरपालिकाले भने २३ प्रकारका सिफारिश निशुल्क गर्ने घोषणा गरेको हो ।
२३ प्रकारका सिफारिश निशुल्क गर्ने निर्णय गर्दे जीतपुरसिमरा उप–महानगपालिकाले आज सार्वजनीक सुचना जारी गरेको थियो । जसअनुसार जन्मदर्ता, मृत्यु दर्ता, विवाह दर्ता, बसाई सराई, सम्बन्ध विच्छेद, स्वदेशी अध्ययनका लागि छात्रबृती सिफारिस, स्वास्थ्य उपचार सम्बनिध सिफारिस, नावालक सिफारिस, जेष्ठ नागरिक परिचयपत्र सिफारिस, आदिवासी जनजातीरमधेशीरमुस्लिमरदलित सिफारिस, द्वन्द पिडित तथा प्राकृतिक प्रकोप, मठ मन्दिर, चर्च, गुम्बा, मस्जिदको सिफारि पनि निशुल्क उपलव्ध हुनेछ भने शववाहन,
दमकलको सिफारिस लिंदा पनि नगरवासीले कुनै शुल्क तिर्नुपर्ने छैन । यस्तै विपन्न र अपाङ्गको सिफारिस पनि शुल्क लाग्ने छैन्् । तर जन्मदर्ता, मृत्यु दर्ता, विवाह दर्ता, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना भएको मितिले ३५ दिन भित्र दर्ता नगरेमा ५० रुपैया जरिवाना लाग्ने उपमहानगरपालिकाले जनाएको छ ।
यसैगरि उपमहानगरपालिकाबाट सबै प्रकारका अनुसुची फारम समेत निशुल्क उपलव्ध हुने सुचनामा उल्लेख छ । जीतपुरसिमरा उपमहानगरपालिकाले घरवहाल कर समेत नलिने भएको छ । यसअघि आन्तरिक राजश्व कार्यालयले १० प्रतिशत तथा उपमहानगरले २ प्रतिशत गरि १२ प्रतिशत घरवहाल कर तिर्दै आएका घरधनीले अब उपमहानगरको २ प्रतिशत छुट पाउनेछन् ।
















