कृष्ण जन्माष्टमीमा यसबर्ष पनि तात्ने भयो पथलैया, गायक शिव परियारसंगै को–को आउदैछन् ?

फोटो : गायक शिव परियार
ए वान डेस्क
८ भाद्र २०७५, शुक्रबार ०८:१६

ए वान डेस्क /

नेपालका चर्चित गायक शिव परियार पथलैया आउने भएका छन् । खानेपानी तथा सरसफाई उपभोक्ता समिति पथलैयाले आयोजना गर्न लागेको श्री कृष्ण जात्रामा आफ्नो प्रस्तुती देखाउन परियार पथलैया आउने भएका हुन् ।

एम्बुलेन्स खरिद गर्ने उदेश्यका साथ खानेपानी तथा सरसफाई उपभोक्ता समिति पथलैयाले यही भदौ १७ गते पथलैयामा श्री कृष्ण जात्रा गर्देछ । बिगत लामो समयदेखि स्थानीय पनाम ब्याण्डले जात्रा गर्दे आएपनि यसबर्ष भने खानेपानी तथा सरसफाई उपभोक्ता समितिले  गर्न लागेको हो ।

जात्रामा गायक परियारले आधा दर्जनभन्दा बढि गित गाउने बुझिएको छ । जात्रामा गायक परियारसंगै चर्चिय गायीका टिका प्रसाईले पनि आफ्नो प्रस्तुती देखाउनेछिन । साथै जात्रामा भिमफेदी गाईजले पनि आफ्नो प्रस्तुती देखाउने मुल आयोजक समारोह समितिका कलाकार व्यवस्थापक राजकुमार लामाले ए वान समाचारलाई जानकारी दिनुभयो ।

लामाका अनुसार राष्ट्रिय कलाकार बाहेक स्थानीय पनाम ब्याण्ड, लिटिल ब्रिथ ब्याण्ड लगायतले पनि आफ्नो प्रस्तुती देखाउनेछन् । सास्कृतीक कार्यक्रम दिउसो २ बजेदेखि शुरु हुने लामाले बताउनुभयो ।

जात्रालाई भब्य रुपमा सफल बनाउन समाजसेवी कृष्ण ढुंगेलको संयोजकत्वमा मुल समारोह समिति गठन गरिएको छ । जस अनुसार आर्थीक समितिमा विजय रंजितकार, स्टेज व्यवस्थापनमा सुरेन्द्र श्रेष्ठ, अथिति सत्कारमा भुवन राई, पुजाआजामा अर्जुन लम्साल, कलाकार व्यवस्थापनमा राजकुमार लामा र प्रेस संयोजकमा बसन्त खतिवडा रहनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*