Breaking News : सवारी चालक र प्रशासनको कुरा मिल्यो, भयो २ बुदे सहमति
ए वान डेस्क /
नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समिति र प्रशासनबिचको वार्ता केहिबेर अघि सकिएको छ । बाराको जीतपुरमा सघर्ष समिति र प्रशासनसंग भएको वार्तामा २ बुदे सहमति भएको छ ।
जीतपुरसिमरा उप–महानगरपालिकाको कार्यालयमा संघर्ष समिति र प्रशासनबिच आज झन्डै २ घण्टा वार्ता चलेको थियो । वार्तामा संघर्ष समितिको माग सम्बन्धित निकायसम्म पुर्याउन पहल गर्ने र भोलिदेखि सवारी सञ्चालन गर्ने सहमति भएको बाराका प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद भट्राईले ए वान समाचारलाई जानकारी दिनुभयो ।
‘सघर्ष समितिसंग २ बुदे सहमति भएको छ, समितिको माग सम्बन्धित निकायसम्म पुर्याउने र आन्दोलन स्थगित गर्ने कुरा भएको हो’ भट्राईले भन्नुभयो । यता, संघर्ष समितिका संयोजक बसन्त शर्माले सवारी सञ्चालन गरिने सहमति भएको बताउनुभयो ।
सरकारले जारी गरेको सवारी ऐन यातायात मजदुरमैत्री नभएको भन्दै नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिले मंगलवारदेखी आन्दोलन शुरु गरेको थियो ।
जसका कारण प्रदेश नम्बर २ का बारा, पर्सा, रौतहट, सर्लाही, धनुषा, महोतरी, सिराहा र सप्तरी जिल्लामा पूर्ण रुपमा यातायात ठप्प भएको थियो । वार्तामा सघर्ष समितिका संयोजक बसन्त शर्मा, जीतपुरसिमरा उप–महानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेल, प्रशासकिय अधिकृत शिव कुमार कार्की, जिल्ला प्रहरी कार्यालय बाराकी प्रहरी उपरीक्षक मिरा चौधरी लगायतको उपस्थिति रहेको थियो ।















