टाँडीमा ट्रकको ठक्करबाट चालकको मृत्यु

ए वान डेस्क
१६ आश्विन २०७५, मंगलवार १४:००

पूर्वी चितवनको टाँडी चोकमा ट्रकको ठक्करबाट गए राति एक जनाको मृत्यु भएको छ ।

भण्डाराबाट नारायणगढतर्फ आउँदै गरेको ना४ख ३१२२ नं को ट्रकले विपरीत दिशातर्फ जाँदै गरेको ना३२प ५०६१ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक खैरहनी नगरपालिका–१ का ३५ वर्षीय सुरज चौधरीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते चौधरीको उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*