जीतपुरसिमरामा उप–महानगरपालिकामा नया प्रशासकिय अधिकृत
फोटो : शिवराज अधिकारी
ए वान डेस्क /
जीतपुरसिमरा उप–महानगरपालिकामा निमित्त प्रशासकिय अधिकृतको जिम्मेवारी सम्हाल्न शिवराज सेढाई बारा आउनुभएको छ । प्रमुख प्रशासकिय अधिकृत शिव कुमार कार्कीको शुरुवा भएपछि निमित्त प्रशासकिय अधिकृतको जिम्मेवारी सम्हाल्न सेढाई बारा आउनुभएको हो ।
हिजो मात्र बारा आईपुग्नुुभएका सेढाईले आजदेखि उप–महानगरपालिकाको काम थाल्नुभएको छ । ए वान समाचारसंग कुरागर्दे निमित्त प्रशासकिय अधिकृत सेढाईले उप–महानगरपालिकाको दोश्रो नगरसभाबाट बिनियोजित बजेट कार्यान्वयन गराउनु आफ्नो पहिलो प्राथमिक्ता भएको बताउनुभयो ।
सेढाई यसअघि नवलपरासीमा रहेको मध्यबिन्दु नगरपालिकामा हुनुहुन्थ्यो ।















