बारा महोत्सव : आज नेपाल आईडलका निशान भट्राई र मिलन लामा आउने
ए वा डेस्क /
बाराको जीतपुरसिमरा उप–महानगरपालिकामा जारी बारा महोत्सव २०७५ मा आज नेपाल आईडलका निशान भट्राई आउनुहुने भएको छ ।
वडा नम्बर १४ स्थित दुधौरा रिभर साईडमा भईरहेको महोत्सवमा आज तेश्रो दिन नेपाल आईडलका भट्राई बारा आउन लाग्नुभएको हो । भट्राई नेपाल आईडल सिजन १ मा दोश्रो हुनुभएको थियो ।
यसैगरी आजै नेपालका चर्चित गायक मिलन लामापनि आज आउनुहुने भएको छ । नेपाली लोक दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल लामा आज महोत्सवमा आउन लाग्नुभएको हो । यस्तै हास्यकलाकार दिनेश काफ्लेले आजपनि आफ्नो प्रस्तुती देखाउने आयोजक एस फाउण्डेशन अफ नेपालले जनाएको छ ।
यस्तै आज गायक देवन्द्र कार्की, प्रमोद जखमी, सुशिल पौडेल, जेम्स जोन श्रेष्ठ, ईश्वर पुडाशैनी लगायतले आफ्नो प्रस्तुती देखाउने बुझिएको छ । महोत्सव मंसिर १० गतेसम्म चल्नेछ ।
कृषि, पर्यटन तथा औद्योगिक ब्यापार मेला (बारा महोत्सव) को मुख्य आकषर्णको रुपमा रिभर पार्कसहित जिल्लाको कृषि उत्पादनको बजारीकरण तथा प्रवर्धन, औद्योगिक उत्पादनको प्रदर्शनी र पर्यटन प्रवद्र्धन रहेको छ । करिब ५८ लाखको अनुमानित लागतमा हुन लागेको महोत्सवको मुनाफाबाट दुधौरा खोला पार्क निर्माण गर्ने उदेश्य लिईएको फाउण्डेशनका अध्यक्ष भट्टले जानकारी दिनुभयो ।
महोत्सव अवधीभरी कृषी, पर्यटन र औद्योगिक क्षेत्रको विषयमा दर्शकले जानकारी लिन सक्नेछन् । महोत्सव करिब दुई लाख दर्शकले अवलोकन गर्ने लक्ष्य आयोजकले राखेको छ ।
महोत्सवमा नेपालका चर्चित गायक शिव परियार, प्रमोद खरेल, ज्योती मगर, कमल खत्री, कमल के. क्षेत्री, दिपक लिम्बु, मिलन लामा, टिका प्रसाई, प्रिती आले, हास्य कलाकार दिनेश काफ्ले, नेपाल आइडलका निशान भट्टराई, प्रताप दास लगायत ३० जना भन्दा बढी कलाकारले आफ्नो प्रस्तुती देखाउनेछन् ।















