पर्सामा सवारी दुर्घटना, एकको मृत्यु
वीरगञ्ज पोखरिया सड्क खण्डमा पर्ने गर्दौलमा आज बिहान भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ ।
पोखरिया नगरपालिका–९ गर्दौलमा विपरित दिशाबाट आउँदै गरेको मोटरसाइकल र जिप एक आपसमा ठोक्किँदा सोही नगरपालिका बैरियाविर्ता निवासी मोटरसाइकल चालक रामनारायण मुखिया विणको मृत्यु भएको हो । उहाँको उपचारको क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिनुभयो । चालक फरार रहेको र उनको खोजीकार्य भइरहेको ढकालले बताउनुभयो ।















