यसबर्षको सिमरा गोल्डकप माघ ३ देखि १२ सम्म (भिडियोसहित)

फाईल फोटो
ए वान डेस्क
२ पुष २०७५, सोमबार १३:३०

ए वान डेस्क /

सिमरा गोल्डकपको दशौं संस्करण आगामी माघ ३ गतेदेखिसञ्चालन हुने भएको छ । आयोजक नवजनजागृती यूवा क्लब सिमराका उपाध्यक्ष संकर थापाका अनुसार यसबर्षको सिमरा गोल्डप माघ ३ गतेदेखि १२ गते सम्म सञ्चालन हुने भएको हो ।

सिमरा रङ्गशालामा आयोजना हुँदै आएको प्रतियोगितामा यसवर्षपनि १० टिमले सहभागिता जनाउनेछन् । साविक विजेता त्रिभूवन आर्मी र आयोजक क्लब सहित १० टिमको सहभागिता रहने निश्चित भएपनि सहभागि हुने सबै टिमको विषयमा निर्णय हुन बाकी रहेको उपाध्यक्ष थापाले जानकारी दिनुभयो ।

दशौं सिमरा गोल्डकपको विजेताले ६ लाख र उपविजेताले तीनलाख रुपैयँ पुरस्कार प्राप्त गर्नेछन् । २०६६ सालदेखि निरन्तर आयोजना हुँदै आएको सिमरा गोल्डकपको उपाधि हालसम्म त्रिभूवन आर्मी क्लब र मनाङ मस्र्याङदी क्लबले दुइ–दुई पटक जितेका छन् । आर्मीले छैंटौं र नवौं संस्करणको उपाधि जितेको हो भने मनाङले क्रमशः तेश्रो र चौथो संस्करणको उपाधि उचालेको थियो ।

यसबाहेक पहिलो संस्करणमा मजदुर शहिद स्मृति क्लब, दोश्रो संस्करणमा हिमालयन शेर्पा, पाँचौ संस्करणमा आयोजक नवजनजागृति यूवा क्लब, सातौं संस्करणमा हेटौंडाको विजय युथ क्लब तथा आठौं संस्करणमा संकटा क्लब काठमाडौंले प्रतियोगिताको उपाधि उचालेका थिए ।

https://youtu.be/5MrcgEMo250

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*