सिमरा–पोखरा हवाई उडानबारे सरकोकारवालाबिच बहस शुरु
ए वान डेस्क /
सिमरा–पोखरा हवाई उडानको बिषयमा सरोकारवालाबिच बहस शुरु भएको छ । नेपालको हवाई उडान क्षेत्रले दिन प्रतिदिन गति लिदै गईरहेका बेला सिमरा–पोखरा उडानको बिषयमा पनि सरोकारवालाबिच बहस शुरु भएको हो ।
सिमरालाई पोखरासंग हवाई उडानमा जोड्ने र यस क्ष्ँेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने गरी यहाका सरोकारवालाहरुले बिशेष सक्रियता देखाएका छन् । फलस्वरुप आज पोखरामा बारा, पर्सा र पोखराका सरोकारवालाहरुबिच छलफल सम्पन्न भएको छ ।
गण्डकी प्रदेशका पर्यटन मन्त्री विकास लम्सालको अध्यक्ष्ँतामा भएको छलफलमा सहभागि सरोकारवालाहरुले सिमरा–पोखरा उडान सम्भव रहेको बताए । सिमरा–पोखरा उडान सम्भव रहेकोभन्दै उनीहरुले छिट्टै उडान भर्नुपर्ने निस्कर्ष निकाले ।
नेपालमा हवाई यात्रुको संख्या दिनदिनै बढ्दै गएकाले हवाई क्षेत्र पनि फराकिलो बन्दै जानुपर्नेमा उनीहरुले जोड दिए । अहिले मुलुकभर ४९ वटा विमानस्थल रहेका छन् भने ३२ वटा विमानस्थलमा नियमित हवाई सेवा सञ्चालनमा छन् ।
त्यस्तै ७ वटा विमानस्थल निर्माणको क्रममा छ ।
सकरात्मक कुरा भएको छ : नगर प्रमुख पौडेल
जीतपुरसिमरा उप–महानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेलले सिमरा–पोखरा उडान सम्भव रहेको बताउनुभयो । पोखरामा आयोजित छलफलपछि ए वान समाचारसंग कुरागर्दे उहाले सिमरा–पोखरा उडानको सम्भावना रहेकोभन्दै सकरात्मक कुरा भएको बताउनुभयो ।
छिट्टै उडान हुन्छ : शर्मा
पर्यटन व्यवसायी मोहन शर्मा लामिछानेले सिमरा–पोखरा उडान सेवा छिट्टै शुरु हुने बताउनुभयो । ‘आजको छलफल निकै सकरात्मक भएको मैले ठानेको छु, सम्भवत यही माघको दोस्रो साताबाट उडान शुरु हुन्छ’ शर्माले भन्नुभयो ।
छलफलमा को–को थिए ?
छलफलमा गण्डकी प्रदेशका पर्यटन मन्त्री विकास लम्साल, गण्डकी प्रदेशका चन्द्रमोहन गौचन, प्रदेशसभा सदस्य ओमप्रकाश शर्मा, पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जि.सि, जीतपुरसिमरा उप–महानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेल, नेकपाका प्रदेश सदस्य राजन पौडेल, होटल व्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्मा लामिछाने, नगर उद्योग वाणिज्य संघ जीतपुरसिमराका अध्ययक्ष सञ्जय साह, जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष ईश्वर के.सी, समाजसेवी उमेश कुमार ठाकुर, उद्योग वाणिज्य संघ विरगञ्जका निवर्तमान अध्यक्ष प्रदिप कुमार केडिया लगायतको उपस्थिति रहेको थियो ।















