जीतपुरसिमरामा वडा कार्यालयले नियन्त्रणमा लियो बिद्यालयको हाजिरि

ए वान डेस्क
१२ पुष २०७५, बिहीबार १२:१३

ए वान डेस्क /

बाराको जीतपुरसिमरा उप–महानगरपालिकामा रहेको एक सामुदायिक बिद्यालयको हाजिरि नियन्त्रणमा लिईएको छ । विद्यालयको पठन पाठन ठप्प पारेर शिक्षकहरु आन्दोलनमा होमिएको भन्दै वडा नम्बर २१ को कार्यालयले हाजिरि नियन्त्रणमा लिएको हो ।

अस्थायी शिक्षकलाई विस्थापित गर्न लागेको भन्दै नेपाल शिक्षक महासंघले दुई दिने शैक्षिक हड्ताल आह्वान गरेको थियो । शिक्ष्ँकहरु आन्दोलनमा हिड्दा नेपाल राष्ट्रिय माद्यामिक बिद्यालयको पठनपाठन ठप्प भएको भन्दै वडा कार्यालयको खटिएको एक टोलिले बिद्यालयको हाजिरि नियन्त्रणमा लिएको वडा अध्यक्ष कृष्ण ठकुरीले जानकारी दिनुभयो ।

वडा नम्बर २१ मा रहेको सो बिद्यालयमा वडा कार्यालयले बिद्यालयमा छड्के अनुगमन गरेको थियो । अनुगमनका क्रममा शिक्षकहरु पठनपाठन छाडेर आन्दोलनमा होमिएको मेटिएपछि प्राचार्य र बिद्यालय व्यवस्थापन समितिको रोहवरमा हाजिरि नियन्त्रणमा लिईएको अध्यक्ष ठकुरीले बताउनुभयो ।

नियन्त्रणमा लिईएको हाजिरि वडा कार्यालयले आवश्यक कारर्वाहीको लागी उप–महानगरपालिकाको शिक्षा एकाईमा पठाएको छ । हेर्नुहोस् नियन्त्रणमा लिईएको हाजिरि र सिफारिस पत्र :

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*