थानिमाई अपडेट : अध्यक्षमा माधव त्रिपाठी निर्वाचित
ए वान डेस्क /
बाराको सिमरामा रहेको थानिमाई सामुदायीक बन उपभोक्ता समितिको अध्यक्षमा माधव त्रिपाठी निर्वाचित हुनुभएको छ । आफ्ना ३ जना प्रतिस्पधीलाई फरक मतान्तरले पराजित गर्दे त्रिपाठी अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
केहीबेर अघि शार्वजनीक भएको मतपरिणाम अनुसार त्रिपाठीले आफ्ना निकटम प्रतिस्पर्धी गोपाल साह भन्दा १६९ मतान्तरले विजयी हुनुभएको हो । अध्यक्ष पदका लागी भएको निर्वाचनमा माधव त्रिपाठीले ३७०, गोपाल साहले २०१, सोमराज उप्रेतीले १११ र बुद्धिप्रसाद पाण्डेले ५४ मत ल्याउनुभएको मुख्य निर्वाचन अधिकृत रामएकवाल सिंहले ऐ वान समाचारलाई जानकारी दिनुभयो ।
निर्वाचनमा ७४१ मत खसेको थियो । जसमध्य ५ मत बदर भएको मुख्य निर्वाचन अधिकृत सिंहले जानकारी दिनुभयो । निर्वाचित भए लगत्तै त्रिपाठीलाई सहायक निर्वाचन अधिकृत नारायण पण्डितले सपथ खुवाउनुभएको थियो ।
























