जनज्योति साकोसमा नया कार्यसमिति, हरि सापकोटा किन भए आउट ?

फाईल फोटो
ए वान डेस्क
२३ पुष २०७५, सोमबार १३:०२

ए वान डेस्क /

बाराको जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर १४ मा रहेको जनज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा भिमबहादुर के.शी चयन हुनुभएको छ । संस्थाको आफ्नै कार्यालय परिषरमा सम्पन्न ८औ साधारणसभाले के.शीको अध्यक्षमा ७ सदस्यिय नया कार्यसमिति चयन गरेको हो ।

यसअघि हरि सापकोटा संस्थाको अध्यक्ष हुनुहुन्थ्यो । तर बिभिन्न कारण देखाउदै तत्कालिन अध्यक्ष सापकोटालाई संस्थाका सेयर सदस्यहरुले अबिश्वासको प्रस्ताव पेश गरेका थिए । सेयर सदस्यहरुले पेश गरेको अबिश्वासको प्रस्तावमाथि छलफल गर्दे साधारणसभाले सापकोटालाई अध्यक्षबाट हटाएर नया कार्यसमिति चयन गरेको हो ।

साधारणसभामा सेयर सदस्यहरुले तत्कालिन अध्यक्षमाथि मात्र अबिश्वासको प्रस्ताव पेश गरेका थिए ।

नया सञ्चालक समितिमा को–को छन् ?

अध्यक्ष : भिमबहादुर क.शी
उपाध्यक्ष : दधिलाल सापकोटा
सचिव : यज्ञ प्रसाद तिवारी
कोषाध्यक्ष : कमल सुवेदी

सदस्यहरु : बनु महत्तो
हेमा के.शी
बेद कुमारी लामिछाने

लेखा समिति :
संयोजक : टिका थापा मगर
राजकुमार पौडेल
देवी तिमल्सिना

‘हरि सापकोटा अध्यक्षबाट बाहिरिनुको प्रमुख कारण भनेको त चेक नै हो, चेकमा उहाले सहिनै नगर्ने एउटा मुख्य कारण हो’ एक जना सेयर सदस्यले भने । ‘उहा शिक्षकपनि हुनुभयो, त्यस्ता धेरै कारणहरु छन्’ उनले थपे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*