जीतपुरसिमरामा जनप्रतिनिधि आएपछि सामुदायिक बिद्यालयको मुहार फेरीदै (भिडियोसहित)
ए वान डेस्क /
जनप्रतिनिधि आएपछि जीतपुरसिमरा उप–महानगरपालिकाभित्र रहेका बिभिन्न सामुदायिक बिद्यालयको मुहार फेरिन थालेको छ । स्थानीय जनप्रतिनिधिले नै नियमित जसो अनुगमन गर्न थालेपछि उप–महानगरपालिकाभित्र रहेका बिभिन्न सामुदायिक बिद्यालयको मुहार फेरिन थालेको हो ।
वडा नम्बर ७ मा रहेको फकिरा गिरि राजेश्वर गिरि माद्यामिक बिद्यालयमा वडा कार्यालयले नियमित जसो अनुगमन गर्न थालेपछि बिद्यालयको शैक्षिक गुणस्तरमा परिवर्तन आएको शिक्षकहरुले बताएका छन् । फकिरा गिरिमा केहि समयअघि मात्रै वडा नम्बर ७ का वडा अध्यक्ष रामबाबु गुप्ताले व्यवस्थापन समितिको अध्इक्षको भुमिका निर्वाह गरेपछि भौतिक संरचनामा समेत फेरबदल आएको पाईएको छ ।
बिद्यालयमा अहिले रंगरोगनको काम धमाधम भईरहेको छ । थप भिडियोमा हेर्नुहोस् :
https://youtu.be/FtX-LH1cqm8















