डुमरवाना साना किसानको नालिबेली : मुख्य प्रबन्धको आरोपदेखि अदालतको आदेशसम्म, होला त साधारणसभा ?
प्रदिप गौतम /
बाराको जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर १५ मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड डुमरवानाभित्रको बिबाद अझै कायम छ । सबै समस्याको समाधान साधारणसभाबाटै हुने भनि अस्थायी इजलास विरगञ्जले आफ्नो आदेश दिदासमेत आन्तरीक बिबाद कायमै छ ।
अस्थायी इजलास विरगञ्जले यही २८ गते संस्थाको साधारणसभा गर्न आदेश दिएको थियो । यही आन्तरीक बिबादका कारण २८ गतेको साधारणसभा पनि नहुने लगभग पक्का छ । ८औ तहको सुचना प्रकाशित भएदेखिको बिबाद अदालतको आदेशसम्म आईपुग्दासमेत मिल्न सकेको छैन् ।
संस्थाका मुख्य प्रबन्धक नारायण क्ष्ँेत्रीले संस्थाकै कार्यालयमा पत्रकार सम्मेलन गरेर अध्यक्षमाथि गंभिर आरोप लगाएपछि त बिबाद झनै बढ्यो । मुख्य प्रबन्धकले पत्रकार सम्मेलन नै गरेर अध्यक्षमाथि गंभिर आरोप लगाएपनि अध्यक्ष शिव प्रसाद अधिकारीले भने अहिलेसम्म पनि सार्वजनिक रुपमा कुनैपनि अभिव्यक्ति दिनुभएको छैन् ।
यस्तो छ डुमरवाना साना किसानको नालिबेली :
के हो ८औ तहको बिज्ञापन ?
साना किसान कृषि सहकारी संस्था लिमिटेड डुमरवानाभित्रको मुख्य बिबाद भनेको ८औ तहको बिज्ञापन नै हो । संस्थाले ८औ तहको कार्यालय प्रमुखका लागीभन्दै असोज २९ गते बिज्ञापन खुलायो । त्यसबेला संस्थाले पहिलो पटक २१ दिने सुचना जारी गरेको थियो । पहिलो पटकको सुचनामा कसैको पनि निवेदन नपरेपछि संस्थाले पुनः दोश्रो पटक सुचना जारी गर्यो । दोश्रो पटक संस्थाले कार्तिक २६ गते १५ दिन सुचना जारी गरेको थियो ।
दोश्रो पटक भने ३ जना आवदेन दिएका थिए । दोश्रो पटकको सुचनाको म्याद मंसिर १० गते सकियो । सोही दिन अर्थात म्याद सकिएकै दिन संस्थाका मुख्य प्रबन्धक नारायण क्षेत्रीले अस्थाई ईजलास विरगञ्जमा रिट निवेदन दर्ता गर्नुभयो । ८औ तहको बिज्ञापनले नया कार्यालय प्रमुख नियुक्त गर्नेछ ।
मुख्य प्रबन्धकको आरोप
अहिले संस्थामा रहनुभएका मुख्य प्रबन्धक नारायण क्षेत्री ७औ तहको कर्मचारी हुनुहुन्छ । तर संस्थाले आफुभन्दा १ तह माथिको कर्मचारीको सुचना जारी गरेपछि मुख्य प्रबन्धक क्षेत्रीले पत्रकार सम्मेलननै गरेर अध्यक्षमाथि गंभिर आरोप लगाउनुभएको छ ।
मुख्य प्रबन्धक क्षेत्रीले ८औ तहको कर्मचारीविरुद्ध रिट टायर गरेपनि पत्रकार सम्मेलनमा उहाले संस्थाको बारेमा धेरै कुरा बताउनुभएको छ । नया मुख्य प्रबन्धको बिज्ञापनको बिषयमा उहाले पत्रकार सम्मेलनमा आफ्नो कामको योगदान चर्चा गर्नुभयो ।
यस्तो छ प्रेस बिज्ञप्ति :


संस्थाको बिज्ञप्ति
मुख्य प्रबन्धक नारायण क्षेत्रीले पत्रकार सम्मेलन गरेको भोलिपल्टै संस्थाले प्रेस बिज्ञप्ति निकाल्यो । अध्यक्ष शिव प्रसाद अधिकारी र सचिव किशोर कुमार शर्माको हस्ताक्षर रहेको सो बिज्ञप्तिमा मुख्य प्रबन्धकले नियम बिपरित कार्यालयको सभाकक्षमा पत्रकार सम्मेलन गरेर झुटो प्रचार गरेको कुरा उल्लेख छ ।
हेर्नुहोस् संस्थाको बिज्ञप्ति

सहकारी सञ्जालको बिज्ञप्ति

यस्तो छ अदालतको आदेश
मुख्य प्रबन्धक क्षेत्रीले अस्थायी इजलास विरगञ्जमा ८औ तहको बिज्ञापन विरुद्ध रिट दाय गर्नुभयो । लगत्तै अस्थायी इजलास विरगञ्जले तत्काल विवादस्पद पदपुर्ति रोक्न र २८ गतेको साधारणसभाले सबै कुराको टुंगो लगाउनेभन्दै साधारणसभा गर्न आदेश दियो ।
अदालतले सम्पुर्ण कुराको छलफल र निर्णय साधारणसभामा हुन सक्ने अवस्था रहेकोभन्दै २८ गते साधारणसभा गर्न आदेश दिएको हो ।
यस्तो छ अदालतको आदेश

२ जना सञ्चालकको कुरा के हो ?
साना किसान कृषि सहकारी संस्था लिमिटेडका २ जना सञ्चालक समितिका पदाधिकारीसहित ५ जनाले अस्थायी इजलास विरगञ्जमा रिट दायर गरे । कारण थियो, सञ्चालक समितिको कार्यकाल ४ बर्षको । संस्थाको २०७२ साल असोज ३० गतेको साधारणसभाले २०७५ साल असोज २९ गतेसम्मका लागीभन्दै ३ बर्षे कार्यकाल बनाउने निधो गरेपनि नया सहकारी ऐन अनुसार ४ बर्षको व्यवस्था रह्यो ।
त्यहि ऐनलाई आधार मानेर २०७५ साल असार ३ गते सञ्चालक समितिले १ बर्ष कार्यकाल थप्ने निर्णय गरेको विरोधमा २ जना पदाधिकारीसहित ५ जना विरगञ्ज अदालतमा रिट दायर गरेका हुन् । सोही रिट उपर छलफल गर्दे अदालतले सो समस्याको समाधान पनि साधारणसभाबाटै हुनेभन्दै आफ्नो आदेश सुनाएको थियो । यस्तो छ आदेश

२८ गते होला त साधारणसभा ?
अस्थायी इजलास विरगञ्जले यही २८ गते संस्थाको साधारणसभा गर्न भन्यो । साधारणसभामार्फत सबै समस्याको समाधान हुनेभन्दै अस्थायी इजलास विरगञ्जले साधारणसभा गर्न भनेको हो । तर आज २४ गते हुदासमेत साधारणसभाको कुनै तयारी भएको देखिदैन् । यस्तो अवस्थामा अबको ३/४ दिनमा साधारणसभाको पुर्ण तयारीसमेत गर्न भ्याईदैन् ।
त्यसमा पनि २ जना सञ्चालक समितिका पदाधिकारी अदालत पुग्दा त झनै अलमलको स्थिति शिर्जना भएको देखिन्छ । सञ्चालक समितिका एक जना पदाधिकारीले बताए अनुसार भोलि नै बैठक बस्ने तयारी भईरहेको छ । उनका अनुसार भोलि बस्ने बैठकले अर्को मिति तय गर्नेछ ।















