बारामा लागु भयो आरक्षण सिट, कलैयाबाट शुरु गरियो अभियान

ए वान डेस्क
२७ पुष २०७५, शुक्रबार १८:४७

ए वान डेस्क /

बारामा आजदेखि यात्रुवाहक सार्वजनिक सवारी सधानमा आरक्षण सिट लागु गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय र सामुदायिक प्रहरी सेवा केन्द्रको पहलमा आरक्षण सिट लागु गरिएको हो ।

यो कार्य आजदेखि बाराको सदरमुकाम कलैयाबाट शुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । जस अन्र्तगत बसमा दुई महिला, दुई जेष्ठ नागरिक, दुई अपाङ्ग, सिटी राइडमा दुई महिला, एक जेष्ठ नागरिक, एक अपाङ्ग र म्याजिकमा एक महिला, एक जेष्ठ नागरिक र एक अपाङ्गको आरक्षण सिट राखिएको छ ।

साथै जेष्ठ नागरिकलाई भाडामा ४० प्रतिशत छुटको समेत व्यवस्था गरिएको प्रहरी निरीक्षक रघुसिंह बिष्टले जानकारी दिनुभयो । आज आयोजित एक कार्यक्रमकाबिच कलैयाबाट विरगञ्ज जाने यात्रुलाई बस, सिटि राईड र म्याजिकको आरक्षण सिटमा राखेर अभियान शुरु गरिएको थियो ।

सो अवसरमा नेकपाका यूवा नेता मुकेश साह, सेवा केन्द्रका अध्यक्ष महम्द सागिर अंसारी, ट्राफिक प्रहरी कार्यालय कलैयाका प्रमुख दिपेन्द्र साह, तरुणदलका जिल्ला अध्यक्ष लुकेश सिह लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*