हवाई भाडा घट्यो, सिमरा–काठमाण्डौ कति ?

ए वान डेस्क
२७ पुष २०७५, शुक्रबार १९:३०

नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै शुक्रबार आन्तरिकतर्फको हवाई भाडा पनि घटेको छ ।

शुक्रबार बसेको एयरलाइन्स अपरेटर एसोसियशन्स अफ् नेपालको बैठकको निर्णअनुसार आन्तरिकतर्फ पुस २९ गतेदेखि लागू हुनेगरी काठमाण्डौबाट विभिन्न क्षेत्रको हवाई भाडा ९० रुपैयाँदेखि ४४० रुपैयाँसम्म घटेको छ ।

समायोजनपछिको हवाई भाडा यस्तो छ

माउण्टेन फ्लाइट ११,३०० रुपैयाँ
काठमाण्डौ–पोखरा ५०५० रुपैयाँ
काठमाण्डौ–भरतपुर ३६५० रुपैयाँ
काठमाण्डौ–विराटनगर ७५५० रुपैयाँ
काठमाण्डौ–जनकपुर ४३०० रुपैयाँ
काठमाण्डौ–सिमरा ३१२० रुपैयाँ
काठमाण्डौ–भैरहवा ६२०० रुपैयाँ
काठमाण्डौ–धनगढी १२,६५० रुपैयाँ
काठमाण्डौ–नेपालगञ्ज १०,००० रुपैयाँ
काठमाण्डौ–भद्रपुर ९१०० रुपैयाँ
काठमाण्डौ–तुम्लिङटार ६,००० रुपैयाँ

एसोसियशन्सले भाडा यति ताेके पनि विभिन्न एयरलाइन्सहरुले यात्रुलाई छुट दिने गरेका छन् ।

निगमले बिहीबार राति बाह्र बजेदेखि लागू हुनेगरी हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ घटाएको थियो । साविकको बिक्री मूल्य १०४रुपैयाँ ५० पैसा प्रतिलिटरमा १० रुपैयाँ घटाएर ९४ रुपैयाँ ५० पैसा कायम गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*