१०औ सिमरा गोल्डकपको पुर्व संध्यामा सरसफाई कार्यक्रम

ए वान डेस्क
२८ पुष २०७५, शनिबार १२:१९

ए वान डेस्क /

रुस्लान १०औ सिमरा गोल्डकपको पुर्व संध्यामा आज सरसफाई कार्यक्रम गरिएको छ । नव जनजागृती युवा क्लब सिमराको आयोजनामा आज बिहान सरसफाई कार्यक्रम गरिएको हो ।

सिमरा रंगशालामा हुने सिमरा गोल्डकप यही माघ ३ गतेदेखि शुरु हुदैछ । गोल्डकप हुने खेल मैदान सिमरा रंगशालाबाट शुरु भएको सरसफाई कार्यक्रम सिमराको मुख्य चोकसम्म पुगेको थियो ।

सरसफाई कार्यक्रममा बिभिन्न राजनितिक दलका प्रतिनिधि, संघ–संस्थाका व्यक्ति, शिक्षक, बुद्धिजिवि, समाजसेवी, प्रहरी लगायत क्लबका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

हेर्नुहोस् सरसफाई कार्यक्रमको केहि तश्विरहरु : फोटो : राजेश क्षेत्री

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*