सहकारी ऐन कार्यान्वयनको चरणमा : नगर प्रमुख डा. पौडेल

ए वान डेस्क
२८ पुष २०७५, शनिबार १६:२१

ए वान डेस्क /

जीतपुरसिमरा उप–महानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेलले सहकारी ऐन कार्यान्वयनको चरणमा रहेको बताउनुभएको छ । वडा नम्बर २ मा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको १६औ बार्षिक साधारणसभामा बोल्दै नगर प्रमुख पौडेलले यस्तो बताउनुभएको हो ।

सहकारी ऐनले अहिले देखिएका सबै बिकृती अन्त्य गर्नेभन्दै उहाले समृद्ध उप–महानगर निमार्ण गर्न सहकारीको भुमिका महत्वपुर्ण हुने बताउनुभयो । बेरोजगारी समस्या समाधान गर्न सहकारीको भुमिका महत्वपुर्ण हुनेभन्दै उहाले जनकल्याण साकोसले गरेको कार्य प्रशंसनीय रहेको बताउनुभयो ।

कार्यक्रममा सिमरा महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष अनिता लम्साल अधिकारी, जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठ, साझा सहकारी जीतपुरका अध्यक्ष मुकुन्द बहादुर क्ष्ँेत्री लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमकाबिच संस्थाले बिभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेको संस्थाका सचिव राम प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

संस्थाका अध्यक्ष मधुसुदन सिटौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सञ्चालक समिति सदस्य कृष्ण सिग्देलले गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*