अनमोल साकोस अमलेखगञ्जको ७औ साधारणसभा सम्पन्न
ए वान डेस्क /
बाराको अमलेखगञ्जमा रहेको अनमोल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ७औ बार्षिक साधारणसभा आज सम्पन्न भएको छ । साधारणसभाको आज एक कार्यक्रमकाबिच प्रदेशसभा सदस्य सिता गुरुङ्गले उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य गुरुङ्गले सहकारिहरु एक भएर अघि बढ्नुपर्ने बताउनुभयो । ‘संस्था छरियर होईन, मर्ज गरेर अघि बढ्नुपर्छ’ उहाले भन्नुभयो ।
कार्यक्रममा बोल्दै वडा नम्बर २१ का वडा अध्यक्ष कृष्ण ठकुरीले सहकारीमार्फत पर्यटन प्रर्वद्धन गर्न आवश्यक रहेको बताउनुभयो । उहाले जनताको आर्थिक उपार्जनमा लाग्न समेत सहकारीलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा वडा नम्बर २२ का वडा अध्यक्ष मणिकलाल थिङ्ग लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमकाबिच संस्थाले बृद्ध–बृद्धाहरुलाई सम्मान समेत गरेको थियो ।
कार्यक्रम संस्थाका अध्यक्ष बिनय साहको अध्यक्षतामा सम्पन्न भएको थियो ।















