मोटरसाईकल दुर्घटना अपडेट : घाईतेहरुलाई हेलिकप्टरबाट काठमाण्डौ लगियो

ए वान डेस्क
२९ पुष २०७५, आईतवार १२:३७

ए वान डेस्क /

जीतपुरसिमरा उप–महानगरपालिकामा मोटरसाईकल दुर्घटनामा परि घाईते भएका दुई जनालाई काठमाण्डौ लगिएको छ । बजनी चोकमा म्याजिक भ्यानले ठक्कर दिएर घाईते भएका दुई जनालाई हेलिकप्टरबाट काठमाण्डौ लगिएको हो ।

विरगञ्जबाट पथलैया आउदै गरको ना१ज ६५३२ नम्बरको म्याजिक भ्यानले ठक्कर दिदा वडा नम्बर २ निवासी २३ बर्षका प्रकाश श्रेष्ठ र २१ बर्षका मनिस श्रेष्ठ घाईते भएका थिए । काठमाण्डौ लैजानुअघि दुई जनाको अलपाईन हस्पिटल सिमरामा सामान्य उपचार गरिएको थियो ।

प्रहरीका अनुसार म्याजिकको ठक्करबाट प्रकाशको खुट्टा फ्याक्चर भएको छ भने मनिसको टाउकोमा चोट लागेको छ । ठक्कर दिने म्याजिक भ्यान र चालकलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*