डुमरवाना साना किसान : बिबाद समाधान गर्न सिमरामा नेकपाको ‘गोप्य छलफल’
प्रदिप गौतम /
८औ तहको बिज्ञापन प्रकाशित भएदेखि शुरु भएको साना किसान कृषि सहकारी संस्था लिमिटेड डुमरवानाको बिबाद कायमै छ । बिबाद बढ्दै जादा संस्थाभित्र देखिएको समस्या समाधान गर्ने बिषयमा नेकपाले चासो देखाएको छ ।
स्रोतका अनुसार संस्था भित्रको बिबाद समाधान गर्न नेकपाले कार्यदलसमेत गठन गरेको छ । गठित कार्यदलले अधिवेशन सहितको साधारणसभाबाट समस्याको निकास खोज्न आग्रह गरेको थियो ।
कार्यदलमा नेपाल कम्युनिष्ट पार्टीका नेताहरु अनिल श्रेष्ठ, सुन्दर बिश्वकर्मा, राजन पौडेल, कृष्ण खनाल र राधेश्याम सिवाकोटी रहनुभएको छ ।
सिमरामा ‘गोप्य छलफल’
संस्थाको बिबाद समाधान गर्न सिमरामा पटक–पटक गोप्य छलफल भएको छ । स्रोतका अनुसार छलफलमा पुर्व मन्त्रीदेखि केन्द्रिय सदस्यसमेत सहभागि थिए । छलफलमा नेताहरुले उचित निकास निकाल्न र अदालतमा बिचाराधिन अवस्थामा रहेको मुद्धा फिर्ता लिन सुझाव दिए ।
‘अधिवेशनसहितको साधारणसभाले नया कार्यसमिति चयन गर्नेछ, त्यसकारण तपाईहरु यो समस्यालाई निकास दिनेतर्फ लाग्नुहोस्’ छलफलमा सहभागि एक नेताले दिएको सुझाव उदृत गर्दे स्रोतले भन्यो ।
छलफलमा नेकपाका को–को थिए ?
छलफलमा नेकपाका केन्द्रिय सदस्य दिनेश राई, नेता पुरुषोत्तम पौडेल, अच्युत मैनाली, मनोज पौडेल, नेतृहरु ज्वाला शाह, सिता गुरुङ्ग लगायत सहभागि हुनुहुन्थ्यो । साथै कार्यदलका रहेका नेताहरु अनिल श्रेष्ठ, सुन्दर बिश्वकर्मा, राजन पौडेल, कृष्ण खनाल र राधेश्याम सिवाकोटी पनि छलफलमा हुनुहुन्थ्यो ।
को–कुन पार्टीका ?
साना किसान कृषि सहकारी संस्था लिमिटेड डुमरवानामा सञ्चालक समितिका सम्पुर्ण पदाधिकारी नेकपाकै छन् । हाल साना किसान कृषि सहकारी संस्था लिमिटेड डुमरवानाको सञ्चालक समिति ९ सदस्यि रहेको छ । सञ्चालक समितिका पदाधिकारी मात्रै हैन्, अहिले चर्चामा रहेका मुख्य प्रबन्धकपनि नेकपाकै हुन् । संस्थामा कार्यरत्त अधिकासं कर्मचारीपनि नेकपा निकट नै छन् ।















