बारामा भुमिहिनहरुको लगत संकल्न गरिने
ए वान डेस्क /
बारामा रहेका भुमिबिहिनहरुको लगत संकल्न गरिने भएको छ । सरकारले भुमिहिनहरुको लगत संकल्न गर्न पत्राचार गरेसंगै जिल्लाका सबै स्थानीय तहले भुमिहिनहरुको लगत संकल्न गर्न थालेको हो ।
सरकारले बारासहित १३ जिल्लामा रहेका भुमिहिनहरुको लगत संकल्न गर्न पुष २४ गते पत्राचार गरेको थियो । यसरी पत्राचार गरिएका जिल्लाहरुमा बारा, पर्सा, रौतहट, चितवन, महोत्तरी, बर्दिया, मोरङ्ग, धनुषा, रुपन्देही, बाके, कपिलबस्तु, दाङ्ग र कञ्चनपुर रहेको छ ।
जीतपुरसिमरामा अघि बढ्यो प्रक्रिया
सरकारले भुमिहिनहरुको लगत संकल्न गर्न पत्राचार गरेसंगै जीतपुरसिमरा उप–महानगरपालिकाले आवश्यक प्रक्रिया अघि बढाएको छ । २४ वटै वडा कार्यालयलाई पत्र काट्दै उप–महानगरपालिकाले भुमिहिनहरुको विवरण संकल्न गरी यथाशिघ्र पठाउन भनेको छ ।















