साना किसान डुमरवाना : सञ्चालक समितिको बैठक सकियो, बिबादकाबिच साधारणसभाको मिति तय
ए वान डेस्क /
लामो बिबादकाबिच साना किसान कृषि सहकारी संस्था लिमिटेड डुमरवानाले साधारणसभाको मिति तय गरेको छ । संस्थाका अध्यक्ष शिव प्रसाद अधिकारीको अध्यक्षतामा आज बसेको सञ्चालक समितिको बैठकले अधिवेशनसहितको साधारणसभा गर्ने निर्णय गरेको हो ।
केहिबेर अघि सम्पन्न बैठकले यही फागुन २५ गते अधिवेशनसहितको साधारणसभा गर्ने निर्णय गरेको संस्थाका अध्यक्ष शिव प्रसाद अधिकारीले ए वान समाचारलाई जानकारी दिनुभयो । यसअघि अस्थायी ईजलास विरगञ्जले पुष २८ गते साधारणसभा गर्न आदेश दिएको थियो ।
तर २८ गते साधारणसभा गर्न नसकिनेभन्दै २५ गते बसेको सञ्चालक समितिको बैठकले फागुन मसान्तभित्र साधारणसभा गर्ने निर्णय गरेको थियो । कार्यालय प्रमुखका लागी ८औ तहको बिज्ञापन प्रकाशित भएदेखि शुरु भएको बिबादले अन्ततः मुर्त रुपमा पाउने देखिएको छ ।
यसअघि अदालतले पनि साधारणसभाबाटै सबै समस्याको समाधान हुनेभन्दै साधारणसभा गर्न भनेको थियो । अब २८ गते हुने अधिवेशनसहितको साधारणसभाले नया कार्यसमिति चयन गर्नेछ ।
अरु के–के भयो निर्णय ?
बैठकले सञ्चालक समितिको संख्या बढाउने निर्णय गरेको छ । हाल संस्थामा ९ जना सञ्चालक रहेका छन् । संस्थाका अध्यक्ष अधिकारीका अनुसार बैठकले सञ्चालक समितिको संख्या ९ बाट बढाएर १३ पुर्याउने निर्णय गरेको हो ।
हाल साना किसान कृषि सहकारी संस्था लिमिटेड डुमरवानामा सिमराबाट २, निजगढबाट २, डुमरवानाबाट ४ र कर्तवाबाट १ जना गरी ९ जना सञ्चालक समिति सदस्य रहेका छन् । कोल्हवीबाट भने सञ्चालक छैनन् ।
संस्थामा हाल ९ हजार ७ सय ८३ सेयर सदस्यहरु आवद्ध छन् ।















