मन्दिरको पुर्वाधार निर्माण गर्न डुमरवानामा श्रिमदभागवत लगाईने

ए वान डेस्क
१ माघ २०७५, मंगलवार १६:२३

ए वान डेस्क /

बाराको जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर १४ मा माघ १० गतेदेखि श्रिमदभागवत सप्ताह ज्ञान महायज्ञ लगाईने भएको छ । आयोजक पुशपातिनाथ मन्दिर समिति मौलापुरले आज पत्रकार सम्मेलनको आयोजना गरी महायज्ञबारे जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै महायज्ञ मुल आयोजक समारोह समितिका संयोजक राजेन्द्र जमरकट्टेलले मन्दिरको पुर्वाधार निर्माण गर्ने उदेश्यसहित माघ १० गतेदेखि महायज्ञ आयोजना गर्न लागिएको बताउनुभयो । ‘हामीले मन्दिरको भौतिक पुर्वाधार एवं पार्क निर्माण गर्न महायज्ञ लगाउन लागेका हौ’ पत्रकार सम्मेलनमा बोल्दै संयोजक जमरकट्टेलले भन्नुभयो ।

महायज्ञमा राधिका दासीले कथा बाचन गर्नुहुनेछ । महायज्ञमा प्रत्यक दिन पुजन कार्य, पाठ परायण, कथा बाचन र महात्मेसहित झाकि लिला प्रदर्शन गरिनेछ । पत्रकार सम्मेलनमा वडा नम्बर १४ का वडा अध्यक्ष रामशरण बर्तौला, सहकारीप्रेमी प्रदिप बराल, राजु ढकाल लगायतको उपस्थिति रहेको थियो ।

महायज्ञ मुल आयोजक समारोह समितिका संयोजक राजेन्द्र जमरकट्टेलको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनको सञ्चालन आयोजक समितिका राजु अधिकारीले गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*