सेजको बिषयलाई लिएर जीतपुरसिमरामा झडप : वडा कार्यालय घेराउ, प्रहरीको गाडि तोडफोड
ए वान डेस्क /
सेजको बिषयलाई लिएर बाराको जीतपुरसिमरा उप–महानगरपालिमा स्थानीय र प्रहरीबिच आज झडप भएको छ । सेजको काममा अवरोध पुर्याएकोभन्दै प्रहरीले वडा नम्बर १४ का स्थानीय मेहिलाल साहलाई आफ्नो नियन्त्रणमा लिएपछि झडपको स्थिति शिर्जना भएको हो ।
झडपमा परि केहि स्थानीय घाईते भएका छन् । प्रहरी नियन्त्रणमा रहेका साहलाई छुटाउन माग गर्दे वडा कार्यालय घेराउन गर्न पुगेका आक्रोसित स्थानीयले आज दिउसो प्रहरीको गाडिमा ढुंगासमेत प्रहार गरेका थिए ।
यस्तो थियो घटना
बिशेष आर्थीक क्षेत्र विकास समिति ब्लक बि मा पर्खाल निर्माण गर्न भनि केहिदिन अघि वडा नम्बर १४ मा रहेको आफ्नो कार्यस्थलमा पुग्यो । तर त्यहाका केहि स्थानीयले पर्खाल लगाउने क्रममा अवरोध गरे ।
झन्डै ४०/५० जनाको संख्यामा रहेका स्थानीयले पर्खाल निर्माणको काममा अवरोध गरेपछि सेज पछि हट्यो । त्यसको भोलि पल्ट असन्तुष्ट मध्यका एक मेहिलाल साहले पर्खाल लगाउन खोजिएको स्थानमा पुगेर गर्नै नहुने काम गरे । अर्थात उनले त्यहा खनिएको खाल्डोमा माटो पुरेर थप बाधाको स्थिति शिर्जना गरे ।
त्यसपछि सेजको काममा बाधा पुर्याउन खोजेकोभन्दै ईलाका प्रहरी कार्यालय सिमराले साहलाई आफ्नो नियन्त्रणमा लियो । साहलाई प्रहरीले नियन्त्रणमा लिएपछि त्यहाका स्थानीय आज वडा कार्यालय घेराउन गर्न पुगे ।
वडा कार्यालय घेराउन गर्न पुगेका स्थानीयबाट वडा अध्यक्षलाई छुटाउन प्रहरी पनि पुग्यो । तर स्थानीयले वडा अध्यक्ष भागेर जान नपाउनेभन्दै प्रहरीमाथि नै जाई लागेपछि झडपको स्थिति शिर्जना भयो ।
स्थानीय घाईते, प्रहरीको गाडि तोडफोड
‘वडा अध्यक्ष ज्युलाई छलफलमा बोलाउन आउदा स्थानीयले एक्कासी ढुंगा प्रहार गरेपछि अवस्था बिग्रिएको हो’ ए वान समाचारसंग कुरागर्दे ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नीरिक्षक सुभाष हमालले भन्नुभयो । हमालका अनुसार झडपमा परि केहि स्थानीय घाईते भएका छन् ।
स्थानीयले प्रहरीको गाडिसमेत तोडफोड गरेका छन् । गाडी तोडफोड गर्ने ५ जनालाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको जनाएको छ ।
सिडिओ कार्यस्थलमा
घटना भएलगत्तै बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्राई आज दिउसो पर्खाल बनाउन लागिएको कार्यस्थलमा पुग्नुभयो । बाराका प्रहरी उपरिक्षक सानुराम भट्राई र सेज सिमराका प्रमुख लक्ष्मण भट्राईसंग कार्यस्थल पुग्नुभएका प्रमुख जिल्ला अधिकारी भट्राईले घटनाको बारेमा बुझ्नुभएको छ ।
हामीले यस बिषयमा बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्राईसंग बुझ्न खोज्दा उहाको फोन उठेन् ।















