झडपपछि सिडिओको प्रतिक्रिया : ‘हाम्रो काम सुरक्षा दिने हो’
ए वान डेस्क /
बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्राईले सेजको काममा कसैलेपनि अवरोध शिर्जना गर्न नहुने बताउनुभएको छ । ए वान समाचारसंग कुरागर्दे उहाले विकास निर्माणको काममा अवरोध खडा गर्न नहुने बताउनुभयो ।
‘अहिले भईरहेको सेजको काममा स्थानीयले अवरोध सिर्जना गरेको देखियो, यो राम्रो काम हैन्’ उहाले भन्नुभयो । शान्ति सुरक्षा दिने प्रशासनको काम भएकोभन्दै उहाले सेजको काम कसैलेपनि रोकावट गर्न नहुने बताउनुभयो ।
‘हाम्रो काम भनेको सुरक्षा दिने हो, त्यो हामी दिन्छौ’ उहाले भन्नुभयो ‘सेजको अनुरोधमा हामीले काम गर्ने हो र सेजको योजनाभित्र रहेर काम हुने कुरा भयो’ ।
सेजको बिषयलाई लिएर जीतपुरसिमरा उप–महानगरपालिमा आज दिउसो स्थानीय र प्रहरीबिच झडप भएको थियो । सेजको काममा अवरोध पुर्याएकोभन्दै प्रहरीले वडा नम्बर १४ का स्थानीय मेहिलाल साहलाई आफ्नो नियन्त्रणमा लिएपछि झडपको स्थिति शिर्जना भएको हो । झडपमा परि केहि स्थानीय घाईते भएका थिए ।
प्रहरी नियन्त्रणमा रहेका साहलाई छुटाउन माग गर्दे वडा कार्यालय घेराउन गर्न पुगेका आक्रोसित स्थानीयले आज दिउसो प्रहरीको गाडिमा ढुंगासमेत प्रहार गरेका थिए । गाडी तोडफोड गर्ने ५ जनालाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।















