सिमरा गोल्डकप : आज संकटा र सरस्वती भिड्ने

ए वान डेस्क
५ माघ २०७५, शनिबार ०९:११

ए वान डेस्क /

बाराको सिमरामा जारी रुस्लान १०औ सिमरा गोल्डकपमा आज सिएमजी संकटा क्लब र सरस्वती युथ क्लबबीच खेल हुदैछ । दुई टिमबिचको खेल दिउसो ३ बजेपछि शुरु हुने आयोजक नव जनजागृती युवा क्लब सिमराले जनाएको छ ।

यसअघि हिजो भएको खेलमा बिशाल मेमोरियल फाउण्डेशन वीरगन्ज विरुद्ध १–० को संघर्षपूर्ण जित निकाल्दै बिभागिय टिम एपिएफ क्लब सिमरामा जारी रुस्लान दसौं सिमरा गोल्डकपको क्वार्टफाईनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा शुक्रवार भएको खेलमा एपिएफले वीरगञ्जलाई १–० ले पराजित गर्ने क्रममा आशिष लामाले निर्णायक गोल गरे ।

सुदिप शिखराकारको क्रसमा आशिषले खेलको खेलको ३६औं मिनेटमा गोल गरेका थिए । डिबक्स भित्र पाएको बललाई आशिषले जाली चुमाएका थिए । एपिएफ सामु तालमेल मिलाउन नसकेको वीरगञ्जले खेलको अन्तिम समयमा पाएको केही अवसर गुमाउन पुग्दा प्रतियोगिताबाट बाहिरिन पुग्यो ।

एपिएफको जीतमा निर्णायक गोल गरेका आशिष खेलको म्यान अफ दि म्याच घोषित हुदै १० हजार नगद प्राप्त गरे । सात ए डिभिजन र तीन मोफसल गरी १० टिमको सहभागीता रहेको प्रतियोगिताको बिजेताले ६ लाख र उपबिजेताले ३ लाख प्राप्त गर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*