सिमरा गोल्डकप : आज पुलिस क्लब र हिमालयन शेर्पा भिड्ने
बाराको सिमरा रंगशालामा जारी रुस्लान १०औ सिमरा गोल्डकपमा आज नेपाल पुलिस क्लब र हिमालयन शेर्पाबिच प्रतिस्पर्धा हुने भएको छ । आयोजक नव जनजागृती युवा क्लब सिमराले दिएको जानकारी अनुसार दुई टिमबिचको खेल दिउसो ३ बजेपछि शुरु हुनेछ ।
यसअघि हिजो भएको खेलमा विभागिय क्लब एपिएफलाई ४–२ गोल अन्तरले पराजित गर्दे साविक विजेता त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको थियो । अब आर्मीले फाईनल प्रवेशका लागी आयोजक नव जन जागृति यूवा क्लबसंग खेल्नेछ ।















