सिमरा गोल्डकप : आज थ्रि स्टार र संकटा भिड्ने
८ माघ २०७५, मंगलवार ११:१४
ए वान डेस्क /
बाराको सिमरामा जारी रुस्लान १०औ सिमरा गोल्डकपमा आज थ्रि स्टार क्लब र संकटा क्लबबिच खेल हुदैछ । दुई टिमबिचको खेल दिउसो ३ बजेपछि शुरु हुने आयोजक नव जनजागृती युवा क्लब सिमराले जनाएको छ ।
यसअघि हिजो सिमरा रंगशालामा भएको खेलमा नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले पराजित गर्दे हिमालयन शेर्पा क्लब विजयी भएको थियो ।















