सिमरा गोल्डकप : थ्रि स्टार विजयी, संकटा २-० ले पराजित
बाराको सिमरामा जारी रुस्लान १०औ सिमरा गोल्डकपमा आज थ्रि स्टार क्लब विजयी भएको छ । सिमरा रंगशालामा आज भएको अन्तिम क्वाटर फाईनल खेलमा संकटा क्लबलाई २० गोल अन्तरले पराजित गर्दे थ्रि स्टार विजयी भएको हो ।
थ्रि स्टार क्लबले पहिलो हाफअघि १ र दोश्रो हाफपछि १ गोल गरेको थियो । प्रतियोगिता अन्र्तगत भोलि नेपाल आर्मि र आयोजक नव जनजागृती युवा क्लब सिमराबिच प्रतिस्पर्धा हुने सञ्चार संयोजक सुनिल गाउलेले ए वान समाचारलाई जानकारी दिनुभयो ।















