सिमरा गोल्डकप : फाईनल प्रवेशका लागी आज थ्रिस्टार र शेर्पा भिड्दै
बाराको सिमरामा जारी रुस्लान १०औ सिमरा गोल्डकपमा फाईनल प्रवेशका लागी आज रुस्लान थ्रिस्टार क्लब र हिमालयन शेर्पाबिच प्रतिस्पर्धा हुदैछ । सिमरा रंगशालामा हुने दुई टिमबिचको अन्तिम सेमिफाईनल खेल दिउसो ३ बजेपछि शुरु हुने आयोजक नव जनजागृती युवा क्लब सिमराले जनाएको छ ।
प्रतियोगिता अन्र्तगत आज विजयी हुने टिमले उपाधिका लागी त्रिभुवन आर्मि क्लबसंग प्रतिस्पर्धा गर्नुपर्नेछ । त्रिभुवन आर्मि क्लब गत बर्षको बिजेता हो । थ्रीस्टार गत बर्षको उपविजेता हो भने हिमालयन शेर्पा दोस्रो संकरणको बिजेता टिम हो ।
बुधबार सम्पन्न पहिलो सेमिफाईनल खेलमा आयोजक क्लबलाई १–० ले हराउदै आर्मी फाईनल प्रबेश गरेको थियो ।















