मौलापुरमा आजदेखि शुरु भयो श्रिमद्भागवत, बढि दान गर्ने ‘सभा नायक’
ए वान डेस्क /
बाराको जीतपुरसिमरा उप–महानगरपालिकामा आजदेखि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ शुरु भएको छ । पशुपतिनाथ मन्दिर समिति वडा नम्बर १४ मौलापुरको आयोजनामा आजदेखि महायज्ञ शुरु भएको छ ।
महायज्ञको आज एक कार्यक्रमकाबिच बारा क्ष्ँेत्र नम्बर ३ क का प्रदेशसभा सदस्य ज्वाला शाहले उद्घाटन गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै शाहले धर्मकै कारण सबै समुदाय जोडिएको बताउनुभयो ।
आफुमा पनि धर्मप्रति आस्था बढेकोभन्दै उहाले यसको महत्व ब्यापक रहेको बताउनुभयो । उहाले विकास निर्माणको काममा आफु सधै अग्रसर हुने बताउनुभयो । मन्दिरको पुर्वाधार र पार्क निर्माण गर्न आफुले सक्ने सहयोग गर्नेभन्दै उहाले खुल्ला भावना राखेर सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा बारा क्षेत्र नम्बर ४ क का प्रदेशसभा सदस्य सुन्दर बिश्वकर्मा, जीतपुरसिमरा उप–महानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेल, वडा नम्बर १४ का वडा अध्यक्ष रामशरण बर्तौला, डुमरवाना दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडका अध्यक्ष नारायण प्रसाद बर्तौला लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा वडा नम्बर १५ का वडा अध्यक्ष रामप्रसाद लामिछाने, १६ का अध्यक्ष केदार प्रसाद बजगाई, कार्यपालिका सदस्य रामदुलारी चौधरी, समाजसेवी शालिकराम बजगाई शिर्जन, महिला नेतृ लक्ष्मि नेपाली लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै महायज्ञ मुल आयोजक समारोह समितिका संयोजक राजेन्द्र प्रसाद जमरकट्टेले सामाजिक कार्यमा सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । दाताहरुले गरेको दान सहि तरिकारले सदुपयोग हुनेभन्दै उहाले सहयोगको भावना राख्नुपर्ने बताउनुभयो । संयोजक राजेन्द्र प्रसाद जमरकट्टेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन अतिथि व्यवस्थापन समितिका संयोजक राजु अधिकारीले गर्नुभएको थियो ।
आजदेखि शुरु भएको महायज्ञ माघ १८ गते सम्पन्न हुनेछ । महायज्ञमा राधिका दासी जी महाराजले कथा बाचन गर्नुहुनेछ । महायज्ञमा भोलिदेखि नियमित कथा प्रवचन, पुजा पाठ, महात्मय, झाकि लगायतका कार्यक्रम गरिने आयोजकले जनाएको छ ।
महायज्ञमा सबैभन्दा बढि दान गर्ने दातालाई प्रत्यक दिन सभा नायक बनाउने आयोजकको योजना छ ।















