सिमरा गोल्डकप : उपाधीका लागी आर्मि र थ्रि स्टार भिड्ने, यस्तो छ ईतिहास
ए वान डेस्क /
बाराको सिमरामा जारी रुस्लान १०औ सिमरा गोल्डकपमा उपाधीका लागी त्रिभुवन आर्मि क्लब र थ्रि स्टार क्लब भिड्ने भएका छन् । सिमरा रंगशालामा आज हिमालयन शेर्पा क्लबलाई १–० गोल अन्तरले पराजित गर्दे थ्रि स्टार क्लबले फाईनलको यात्रा तय गरेको हो ।
आर्मि यसअघि आयोजक नव जनजागृती युवा क्लब सिमरालाई पराजित गर्दे फाईनल प्रवेश गरेको थियो । दुई टिम बिचको फाईनल खेल पर्सि हुदैछ । आयोजकका अनुसार पर्सि दिउसो २ बजेदेखि नै फाईनल खेल शुरु हुनेछ ।
यस्तो छ आर्मि र थ्रि स्टारको ईतिहास
त्रिभुवन आर्मि क्लब र थ्रि स्टार क्लब दोश्रो पटक सिमरा गोल्डकपको उपाधीका लागी भिड्दैछन । यसअघि गतबर्ष पनि उपाधीका लागी दुई टिमबिच भिडन्त भएको थियो ।
गतबर्ष अर्थात ९औ संसकरणको उपाधी त्रिभुवन आर्मिले उचालेको थियो । त्यसो त आर्मिले सिमरा गोल्डकपको उपाधी दुई पटक उचालिसकेको छ । छैठौ गोल्डकपको उपाधीसमेत उचालेको आर्मिलाई बलियो दाबेदारका रुपमा हेरिन्छ । आर्मिले छैठौ गोल्डकपमा नेपाल पुलिस क्लबलाई पराजित गरेको थियो ।
यता, थ्रि स्टार क्लबले भने अहिलेसम्म एउटापनि उपाधी जित्न सकेको छैन् । मैदानमा खरो रुपमा प्रस्तुत हुदै आएको थ्रि स्टार यसबर्ष भने उपाधी चुम्ने दाउमा छ ।















