विद्युत सर्ट भएर आगलागी हुँदा एउटा घर जलेर नष्ट

ए वान डेस्क
१६ माघ २०७५, बुधबार १५:३४

संखुवासभाको सभापोखरी गाउँपालिका–१, लुङगेली भन्ने ठाउँमा एक घर जलेर नष्ट भएको छ ।

स्थानीय दिलबहादुर लुङगेलीको घरमा बुधबार आगलागी हुँदा अन्दाजी २ लाख ४३ हजार ५ सय रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

प्रहरीको अनुसार, विद्युत सर्ट भएर आगलागी भएको हो । आगलागीबाट लुङगेलीको ढुङगा माटोले बनेको १ तले घर, घरभित्र रहेको लत्ताकपडा, नगद १० हजार, अन्नपात १ तोला चाँदी र २ थान मोबाइल जलेर नष्ट भएको हो ।

प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो भने मानवीय र पुशचौपायाको भने कुनै क्षति नभएको जल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*