टीट्वेन्टी शृङ्खलाको दोस्रो खेल : नेपाललाई दोस्रो सफलता, सोमपालले लिए दुई विकेट
संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको टीट्वेन्टी शृंखलाअन्तर्गत दोस्रो खेल सुरु भएको छ। पहिलो खेलमा २१ रनले पराजित भएको नेपाल खेल जित्ने लक्ष्यका साथ बलिङ गरिरहेको छ। पहिलो खेलमा पराजित भएसँगै नेपाल तीन खेलको शृंखलामा १-० ले पछि परेको छ।
पहिलो ओभरको अन्तिम बलमा नेपालले पहिलो सफलता हात पारेको हो। यूएईका ओपनर ब्याट्सम्यान अस्फाक अहमद ४ रन बनाएर आउट भए।
त्यसैगरी नेपालका लागि दोस्रो सफलतासमेत सोमपालले नै दिलाएका छन्। दोस्रो ओभरको तेस्रो बलमा सोमपालले यूएईका घुलाम शब्बरलाई आउट गरेका हुन्। घुलामले ६ रन बनाएका थिए।
दुबईस्थित अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) एकेडेमीको मैदानमा यूएईले टस जितेर ब्याटिङ सुरु गरेको हो।
बिहीबारको खेलमा पराजित गरेको घरेलु टोली यूएई उच्च मनोबलका साथ मैदानमा उत्रिएको छ। नेपाल भने अघिल्लो खेलमा पराजित भएकाले जित्नै पर्ने दबाबमा छ।















