सिमरामा ट्रेड युनियनको अधिवेशन सम्पन्न, यादवको अध्यक्षतामा नया कमिटि
ए वान डेस्क /
नेपाल ग्यास उधोगमा रहेको आधिकारीक मजदुर संगठन समग्र उधोग ट्रेड युनियनको १० अधिवेशन आज बाराको सिमरामा सम्पन्न भएको छ । अधिवेशनको आज एक कार्यक्रमकाबिच ट्रेड युनियन महासंघ जिफण्टका केन्द्रिय सदस्य एवम प्रदेश नम्बर २ का संयोजक कमलेस झाले उद्घाटन गर्नुभयो ।
उद्घाटन कार्यक्रममा बोल्दै झाले मजदुरहरुको हितमा कामगर्ने संगठन समग्र मात्रै भएको दाबि गर्नुभयो । समग्र उधोगको पहलमा मजदुरका समस्या समाधान भएको उल्लेख गदै मजदुरलाई काम अनुसारको दाम हुनुपर्नेमा जोड दिनुभयो ।
नेकपाका नेता मनोज पौडेलले राज्यले योग्यता अनुसारको काम र काम अनुसारको दामको व्यवस्था गरिनुपर्ने बताउनुभयो । नेकपाका नेता एवंम समग्रका पुर्व उपाध्यक्ष अमृतलाल श्रेष्ठले अब बन्ने कमिटिबाट सबै समस्या समाधान हुनेमा आफु बिश्वस्त रहेको बताउनुभयो ।
युनियनका अध्यक्ष राम बहादुर यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समग्र उधोगका केन्द्रिय सदस्य गिता भण्डारी, जिल्ला अध्यक्ष मुक्ति चौधरी, नेकपाका नेताहरु रबिन्द्र खकुरेल, यमनाथ ढकाल, पुर्ण चन्द्र तिमल्सिना लगायतले मन्तब्य राख्नुभएको थियो । अधिवेशनले राम बहादुर यादवको अध्यक्षतामा ७ सदस्यि कमिटी गठन गरेको छ ।
गठित कमिटिको उपाध्यक्षमा नवराज सुबेदि, सचिबमा हरिहर थापा, सहसचिबमा रामजि चौधरी, कोषध्यक्षमा आकास पाख्रीन रहनुभएको छ । यस्तै सदस्यहरुमा दिनेस श्रेष्ठ र दोलख बहादुर बस्नेत रहनुभएको नेकपाका नेता मनोज पौडेलले जानकारी दिनुभयो ।















