साना किसान डुमरवाना : यस्तो छ अदालतको आदेश (आदेशसहित)

फाईल फोटो
ए वान डेस्क
२४ माघ २०७५, बिहीबार १४:२९

ए वान डेस्क /

साना किसान कृषि सहकारी संस्था लिमिटेड डुमरवानाविरुद्ध अस्थायी ईजलास विरगञ्जमा परेको रिट उपर अदालतले आफ्नो फैसला सुनाएको छ । साना किसान कृषि सहकारी संस्था लिमिटेड विरुद्ध परेको २ वटा रिट उपर अदालतले हिजो एउटाको मात्र फैसला सुनाएको हो ।

अस्थायी ईजलास विरगञ्जमा संस्थाका मुख्य प्रबन्धक नारायण क्ष्ँेत्रीले ८औ तहको बिज्ञापन र संस्थाका सञ्चालक समिति सदस्यद्धयसहितका व्यक्तिहरुले १ बर्षे कार्यकालको बिषयमा रिट दायर गरेका थिए । सो रिट उपर अदालतले हिजो संस्थाका सञ्चालक समिति सदस्यद्धयसहितका व्यक्तिहरुले हालेको रिट उपर फैसाल सुनाएको हो भने ८औ तहको बिज्ञापनको बिषयमा भने रिट जारीनै रहेको जनाएको छ ।

आफ्नो व्यभ्साईटमार्फत अदालतले १ बर्षे कार्यकालको बिषयमा परेको रिट उपर खारेजको फैसला जारी गरेको हो । १ बर्षे कार्यकालको बिषयमा सञ्चालक समितिका सदस्य प्रदिप बराल र विश्वनाथ लामिछानेसहित ५ जनाले अदालतमा रिट दायर गरेका थिए ।

यता, संस्थाका मुख्य प्रबन्धक नारायण क्षेत्रीले दायर गरेको रिटको बिषयमा भने अदालतले रिट जारी रहेको बताएको छ । अदालतको व्यभ्साईटमा राखिएको सुचना अनुसार मुख्य प्रबन्धक क्षेत्रीको मुद्धाको स्थिति जारी देखाईएको छ ।

हेर्नुहोस् अदालतको आदेश

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*