आफ्ना म्यानेजरले छाेडेर प्रतिस्पर्धी श्रद्धा कपूरकाे म्यानेजर बनेपछि दिशा पाटनी तनावमा

अभिनेत्री दिशा पाटनीले बलिउड फिल्ममा सशक्त भूमिकामा अभिनय नगरे पनि उनी सामाजिक सञ्जालमा निकै रुचाइएकी अभिनेत्री हुन् ।
उनको सामाजिक सञ्जालमा पछ्याउनेको संख्या निकै ठूलो छ । साथै दिशाले फिल्म ‘बागी २’ मा उनका वास्तविक जीवनका प्रेमीसमेत रहेका अभिनेता टाइगर श्रफको जोडीको रुपमा अभिनय गरेकी थिइन् ।
उक्त फिल्म बक्स अफिसमा सफल भएसँगै यतिबेला दिशालाई बलिउडका कैयौं फिल्महरुमा काम गर्ने अफरहरु आइरहेका छन् । दिशा यतिबेला सलमान खानको फिल्म ‘भारत’ मा पनि काम गरिरहेकी छिन् । फिल्म ‘भारत’ रिलिजपछि दिशाको करियर एउटा छुट्टै उचाइमा पुग्ने चर्चा पनि भइरहेको छ ।
खबरहरुका अनुसार अभिनेता सलमान खानले दिशालाई उनको अर्को फिल्ममा पनि अभिनय गर्ने अवसर दिने बताइएको छ । साथै दिशा र उनका प्रेमी टाइगर श्राफबीचको सम्बन्ध पनि राम्रोसंँग अगाडि बढिरहेको छ । यी दुवै सँगसँगै निकै खुशी छन् ।
अर्थात दिशा पाटनी यतिबेला उनको जीवनको निकै सुखद समयमा छिन् । तर यति हुँदाहुँदै पनि दिशा पाटनीलाई एउटा चिन्ताले सताइरहेको छ । त्यो के हो भने दिशाका म्यानेजरले अहिले उनको साथ छोडिदिएका छन् ।
यतिसम्म त ठिकै थियाे, तर दिशाको समस्या तब सुरु भयो जब ती म्यानेजर दिशाकै प्रतिस्पर्धी अभिनेत्री श्रद्धा कपूरको म्यानेजरको रुपमा नियुक्त भए ।
दिशालाई यहाँसम्म ल्याउनका लागि तिनै म्यानेजरले सघाएका थिए । उनकै कारण दिशालाई राम्रा प्रोजेक्टमा काम गर्ने अवसरहरु आइरहेका थिए तर अहिले ती म्यानेजर श्रद्धा कपूरको म्यानेजर रुपमा नियुक्त भएपछि दिशालाई तनाव भएको छ ।