बारामा पर्सेली सञ्चारकर्मीको ‘भिजिट टु पर्सा नेशनल पार्क’

ए वान डेस्क
२४ माघ २०७५, बिहीबार १८:५३

ए वान डेस्क /

पर्साका सञ्चारकर्मीहरु ‘भिजिट टु पर्सा नेशनल पार्क’ अभियान अन्र्तगत भोलि बारा आउदैछन् । जिल्लाभित्र रहेका बिभिन्न पर्यटकीय क्षेत्र अवलोकन गर्न पर्यटन पत्रकार मञ्च पर्साको संयोजनमा सञ्चारकर्मीहरु भोलि बारा आउन लागेका हुन् ।

पर्सा राष्ट्रिय निकुञ्जलाई केन्द्रबिन्दु बनाएर आयोजना गर्न ‘भिजिट टु पर्सा नेशनल पार्क’ अभियानको बारामा होटल तथा पर्यटन व्यवसायी संघ बाराले सहजीकरण गर्नेछ । सो टोलि भोलि बाराको पर्यटकीय क्ष्ँेत्र मोहरी पिक्निक पार्क, लाल भालुखोला, शक्ति झरना, रतनपुरी, चकरी मकरीबाट अमलेखगञ्जको हात्तीसार हुदै पर्सा राष्ट्रिय आईपुग्ने होटल तथा पर्यटन व्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्मा लामिछानेले ए वान समाचारलाई जानकारी दिनुभयो ।

त्यसअघि भोलि बिहान सिमराको मुख्य चोकमा सञ्चारकर्मीहरुलाई स्वागत गर्ने तयारी भईरहेको अध्यक्ष शर्माले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*