आज पनि दिनभर झरी पर्ने सम्भावना

ए वान डेस्क
२६ माघ २०७५, शनिबार १०:२३

देशका धेरै ठाउँमा आज पनि झरि पर्ने मौसमविदले बताएका छन् ।

काठमाडौं उपत्यकालगायत देशका अन्य ठाउँमा पनि आज बदली नै रहने मौसमविद् गंगा नगरकोटीले बताउनुभयो । हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना कायमै छ ।

आज दिउँसो सुदुरपश्चिमी भेगबाट बिस्तारै मौसम खुल्ने र मध्य क्षेत्रमा भरे राति र पूर्वमा भोलीबाट मात्रै मौसम सुधार हुने मौसमविद नगरकोटीले बताउनुभयो । देशका विभिन्न ठाउँमा अस्तिदेखि झरी परिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*